News Portal

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गर्यो निर्णयहरु

जनगर्जन संवाददाता२०८१ माघ ९
९८ पटक

काठमाडौ । ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू आज बुधबार सार्वजनिक गरिएको छ ।

७ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका १५ बुँदे निर्णय गरिएको उल्लेख गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

सार्वजनिक गरिएका निर्णयहरु:-

प्रतिकृया दिनुहोस्