१६ पुस, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धमा उठाएको पहिचानको नारालाई जोडदार रुपमा उठाएको छ ।
नेकपाको मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलन कमजोर भएको निश्कर्ष निकाल्दै पहिचानको नारालाई पुन जोडदार उठाउने निर्णय गरेको थियो ।
मंगलवार नेपाल कम्युनिष्ट पार्टीले पार्टी केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव विप्लव सीले कोशी प्रदेशलाई पहिचानको आधारमा किराँत –लिम्वुवान प्रदेश नामकरण गरिनु पर्ने पार्टीले निर्णय गरेको जानकारी दिनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीको विज्ञप्ति वाचन गरेर सुनाए लगत्तै पार्टीका महासचिव विप्लवले बोल्दै पार्टीले पहिचानको आन्दोलनलाई कमजोर हुन नदिने स्पष्ट पार्नु भयो ।
उहाँले पूर्वमा विगत लामो समयदेखि प्रदेश नामकरणमा कोशी प्रदेश राखेर पहिचान ओझेलमा परेको बताउदै त्यसलाई नेकपाले पहिचान स्थापितका लागि किराँत– लिम्वुवान प्रदेश नामकरणमा पार्टीले पहल गर्ने बताउनु भयो ।
महासचिव विप्लवले जनयुद्धमा माओवादीले पहिचानको नारा स्थापित गरेपनि संविधान बनाउनदा पहिचान गुमाउने गरेर संघीयता बनेको आरोप लगाउनु भयो ।
उहाँले १० बर्ष पहिले आफ्नो पार्टीले यो संविधानले जनताको समस्या समाधान दिदैन भनेर गरेको विश्लेषण अहिले आएर पुष्टि भएको जिकिर गर्नु भयो ।
नेपालमा नेपाली विशेषताको समाजवाद विना देश र जनताको समस्या समाधान नहुने पनि उहाँले ठोकुवा गर्नु भयो ।