News Portal

  • एमालेको जागरण सभाको फोहोर माथि काठमाडौ महानगरको १ लाख जरिवाना

    जनगर्जन संवाददाता२०८१ मंसिर ७
    १०६ पटक

    काठमाडौ । काठमाडौं महानगरपालिकाको कार्यालयले नेकपा एमालेलाई १ लाख जरिवाना गरेको छ ।

    शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको छ ।

    महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ — मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी व्यबस्थापन नगरेको र वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।

    एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार जागरण सभा गरेको छ उक्त कार्यक्रम अर्थात जागरण सभामा उपस्थित एमालेका नेता कार्यकर्ताले फोहोर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्