News Portal

  • नख्खुमा बेपत्ता तीन जनाको सकुशल उद्दार

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    ६९ पटक

    काठमाडौं । ललितपुरको नखिपोटस्थित नख्खु खोलामा बगेका चार जनामध्ये तीन जनाको सकुशल उद्दार भएको छ ।

    स्थानीय पुर्ण के सीको सहयोगमा तीन जनाको उद्दार भएको हो । नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह समेतको पहलमा तीन जनालाई उद्दार गरेर ललितपुरकै पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    पूर्वडीआईजी सिंहले भने, ‘यो घटना मेरो घर नजिकैको हो । बाढीका कारण नदीको बीचमा तीन जना फसेका थिए । उनीहरु जस्ताको टहरामाथि चढेर उद्धारका लागि याचना गर्दा गर्दै बगेका थिए । केही तल पुगेपछि तीन जनाको उद्दार भयो । एक जना बच्चा भने अहिले पनि हराइरहेका छन् ।’ उद्दारपछि पूर्वडीआईजी सिंहले उनीहरुलाई पाटन अस्पताल पुर्‍याएका थिए ।

    यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि तीन जनाको उद्दार भएको पुष्टि गरे । उनीहरुको नाम ठेगाना बुझ्ने काम भइरहेको उनले बताए ।

    शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो । तर, उपत्यकामै उद्दारको तयारी कमजोर देखिएको छ ।

    यता उद्दार घटनाबारे गृहमन्त्री रमेश लेखक नै बेखबर छन् । भिजिबिलिटी कम हुँदा हेलिकप्टरबाट उद्दार गरेर बचाउन नसकिएको उनले बताएका छन् । तर बगेकामध्ये तीन जनाको उद्दार गरेर अहिले उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्