News Portal

  • उपत्यकामा बाढीले तहसनहस,हेर्दाहेर्दै ४ जना बगाए

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    ७६ पटक

    काठमाडौ ।तीन देखि लगातार परेको मुसलधारे वर्षाले राजधानी उपत्यकाका धेरै स्थान डुुबानमा परेको छ । मुलुकका ठूला साना राजमार्गहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका छन भने अन्य स्थानहरु पनि डुबानमा परेका छन । 

    यसै गरी उपत्यकामा ललितपुरको नख्खु र काठमाडौंको बल्खु क्षेत्र बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ । ललितपुरको कान्तिपुर कोलोनी नजिकै नख्खिपोटबाट नख्खु खोलाले चार जनालाई बगाएको छ भने च्यासलको एमाले केन्द्रीय कार्यालयलगायत नदी किनारका घरहरुको भुईं तल्ला पुरै डुबानमा परेको छ । 

    शनिबार बिहान १० बजेसम्म मुलुकभर नौ जनाको मृत्युु र १० जना बेपत्ता भएका छन । यसबीच सशस्त्र प्रहरी बलले ६१९ जनाको उद्धार गरेको जनाएको छ भने सशस्त्रले राजधानीमा मात्रै झण्डै एक हजार जनाको फौज  परिचालन गरेको छ । मुलकभर करिब १०९८ जना परिचालित छन् ।

    काठमाडौंमा डुबेका घर र बस्तीबाट सर्वसाधारणको उद्धारका लागि तीन वटा डुंगा परिचालन गरिएको छ । अहिले गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत न्यूनीकरण प्राधिकरणले थप १० वटा डुङ्गा निकासा गरेको भन्ने कुरा बुझिएको छ । चार दिनअघि मौसमको भविष्यवाणी गरिए पनि सुरक्षा निकाय बाहेक अरुले पूर्व तयारी नगरेको बुझिएको छ । पहिले देखि नै पुर्व तयारी गरिएको भए यति धेरै विपत्ति आउने सम्भावना कम हुने थियो ।

    यो विषयमा भने अहिले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।

    प्रतिकृया दिनुहोस्