News Portal

  • आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए सहकारी पिडितले

    जनगर्जन संवाददाता२०८१ भाद्र २४
    १४३ पटक

    काठमाडौँ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमति भए संगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो । १०८ दिनदेखि रत्नपार्कमा जारी रहेको रिले अनसन तथा धर्ना कार्यक्रम स्थगित गरिएको छ ।

    सहमतिपछि सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ । मन्त्रालयका अनुसार कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागका प्रतिनिधि रहनेछन् ।

    यसैबीच सहमतिसँगै अनसनमा बसेका सहकारी पिडितहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी विभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाएका छन ।

    प्रतिकृया दिनुहोस्