News Portal

समानुपातिक समावेशी समस्या नेपाली विशेषताको समाजवादी राज्यप्रणालीले हल गर्ने

जनगर्जन संवाददाता२०८१ भाद्र १४
२९१ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको जातीय-क्षेत्रीय विभागको दोश्रो बैठक शुक्रवार पार्टी कार्यालय हरिसिद्धि ललितपुरमा बसेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले समानुपातिक समावेशी समस्या नेपाली विशेषताको समाजवाद भएकोले यसको हल समाजवादी राज्यप्रणालीले मात्र हल गर्ने सक्ने निष्कर्ष निकालेको छ।

नेकपाका स्थायी कमिटी सदस्य एवं जातीय-क्षेत्रीय विभागका प्रमुख विषम सीको अध्यक्षतामा बसेको बैठकले आजको राज्य प्रणालीमा देखा परेको समानुपातिक र समावेशी सम्बन्धी समस्या नयाँ बन्ने नेपाली विशेषताको समाजवादी राज्य प्रणालीले हल गर्ने भएकाले त्यसबारे बहस अघि बढाउने निर्णय समेत गरेको छ।

उक्त बैठकमा नेकपाका पोलिटब्युरो सदस्य एव जनसास्कृतिक महासङ्घका केन्दिय अध्यक्ष माईला सीको पनि उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्