News Portal

भदौरे जिप दुर्घटना अपडेट:- १२ जना घाइते मध्ये २ को मृत्यु

जनगर्जन २०८० चैत्र १८
१८४ पटक

चैत्र १८,काठमाडौ । अन्नपूर्ण गाउँपालिका-४ सल्लाघारीमा भएको दुर्घटनामा २ जना मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पोखराबाट भदौरेतर्फ जादै गरेको ग १ ज ५५४७ नम्बरको जीप दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका-४ सल्लाघारीमा दुर्घटना भएको थियो । घाइतेहरु १० जनाको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहिले घाइते र मृतक दुबैको सनाखत भैसकेको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका २३ का ५२ वर्षीया जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनार रहेका छन भने घाइते हुनेमा अन्नपुर्ण गाउपालिका ४ का २२ वर्षीय धनराज सुनार, पोखरा २३ का ५८ वर्षीय लक्ष्मण कामी, ७ वर्षीय आरुष बिक, ४१ को राजकुमार विक ,३५ वर्षीय प्रकाश सुनार, ३५ वर्षीया सुशिला सुनार, १५ वर्षीया सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार ,पोखरा २३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपुर्ण कि ५० वर्षीया देउमाया केसी रहेका छन । घाईतेहरुको अहिले उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्