News Portal

नेकपाका ६ जना नेताकार्यकर्ता रिहा, फुलमाला र अविरजात्रासहित भव्य स्वागत

जनगर्जन संवाददाता२०८० फाल्गुण २९
२०५ पटक

सुर्य सी
मकवानपुर । विगत लामो समयदेखि झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता आज रिहाई भएका छन् । भिमफेदी कारागारमा रहेका दिपक बिष्ट, मनिराम राई लगायतको ६ जना आज ४ वर्ष पछि रिहाई भएका हुन् ।

नेकपाले राज्यद्वारा लगाएको झुठ्ठा आरोप खेप्दै इमानदारीका साथ जेल मोर्चा समालेर बसेका सहयोद्धा साथीहरुलाई खुल्ला आकाशमा स्वागत गरेको छ । नेकपा मकवानपुर, नेकपा चितवन र नेकपा डिवान सहित पार्टीका पिविएम, सिसिएम तथा नेताकार्यकर्ताहरुले फुलमाला र अविरजात्रा गरेर स्वागत गरेका हुन् । पार्टीका केन्द्रिय सदस्य राम सीले सन्चालन गरेको स्वागत तथा बधाई कार्यक्रममा पोलिट व्युरो सदस्य सन्देश सीले सम्बोधन गर्दै विषम परिस्थितिको बाबजुद जेलमोर्चा समहालेकोमा सबै कमरेडहरुलाई धन्यवादसहित बधाई तथा शुभकामना दिएका छन् । त्यस्तै चार वर्षपछि रिहाई हुँदै गरेका दिपक सीले पनि आफ्नो मन्तव्य राख्दै खुसी व्यक्त गरेका छन् ।


भिमफेदी कारागार मकवानपुरबाट निस्किएका ६ जना टोलि आजै पार्टीको केन्द्रिय कार्यलय काठमाडौँमा गएका छन् ।

प्रतिकृया दिनुहोस्