News Portal

शालिन घटना प्रकरणमा जथाभावी बोल्ने पुण्य गौतम र युवराज सफल पक्राउ

जनगर्जन संवाददाता२०८० फाल्गुण २०
२२७ पटक

काठमाडौं- चितवन शालिन घटना प्रकरणमा जथाभावी बोल्ने आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा हत्या नभइ आत्महत्या भएको पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर नाराबाजी गरेका थिए।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्