काठमाडौं । आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले बिभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइ रहेको छ । पछिल्लो केही दिन देखि विस्फोटक घटनामा केही मिडियाले पार्टीको नाम जोडेको भन्दै नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका सेक्रेटरी तुलसिनारायणले विज्ञप्ति जारि गर्दै आपति जनाउनु भएको छ । छिल्लो समय बिभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा आपत्ति जनाउदै पार्टीबिरुद्ध सुनियोजित ढंगले चलाएका यस्ता भ्रमपूर्ण कुरामा बिश्वास नगर्न र सचेत हुन आम जनतालाई आग्रह गरेको छ। सो पार्टीले शुक्रबार काठमाण्डौको हाँडीगाउँ , बूढानीलकण्ठ र ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको शङ्कास्पद वस्तु नेकपाले राखेको समाचार भ्रमपूर्ण भएको बताएको छ । सो पार्टीले निर्वाचन खारेज अभियान नितान्त जनपरिचालित कार्यक्रम रहेको भन्दै जनतालाई आतंकित गर्ने कार्य पार्टीको नभएको ठोकुवा गर्दै नेकपालाई बद्नाम गर्न र नेकपाको आडमा आफ्नो स्वार्थसिद्ध गर्न तम्सिएका दलाल र सम्राज्यवादीका मतियारले यस्तो घटना घटाएको हुन सक्ने दावी गरेको छ ।
नेकपा काठमाडौंद्वारा पार्टी विरुद्ध सुनियोजित ढंगले चलाएका भ्रमपूर्ण कुरामा विश्वास नगर्न आग्रह
जनगर्जन संवाददाता
- बडिगाड दलित संजालको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा पुर्ण ब. बि.क
- अबको क्रान्ति भनेको कृषि क्रान्ती हो :- विप्लव सी
- महासचिव को विशेष उपस्थितिमा नेकपा केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा चैते धान रोपाइँ सुरु
- विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने
- देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पुरा हुन दिदैनौ :- विप्लव
- शिवराज नगरपालिका ९ कपिलवस्तुको सिद्ध पैरामा आगलागी हुँदा ४ घर गोठ जलेर नष्ट
- नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठक सुरु
- संचारकर्मी दिलिप कडेल द्धारा पत्रकार बस्याल माथि जातीय विभेद
- विप्लव सी लाई कैलालीको लम्कीमा भब्य स्वागत
- महत्वपूर्ण निर्णय गर्दै नेकपा केन्द्रीय समिति बैठक सम्पन्न