News Portal

रवीन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान सुरु,

जनगर्जन संवाददाता२०८२ बैशाख २५
१७८ पटक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान सुरु गरिएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको थियो। अब भने प्रहरीले उनीमाथि आपराधिक उपद्रव अन्तर्गत पनि अनुसन्धान अघि बढाएको हो।

आज अदालतमा पेश गरिँदै प्रहरीले थप अनुसन्धानका लागि म्याद लिएको छ। स्रोतका अनुसार मिश्रले अदालतमै आफूमाथि ‘कालो टीका थपिएको’ भन्दै आपत्ति जनाएका थिए। एक अधिवक्ताले बताएअनुसार मिश्रले आफूविरुद्धको कानुनी प्रक्रिया अनुचित भएको दाबी गरेका छन्।

यसअघि तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएका भन्दै मिश्रसहित केही नेताहरूमाथि कारबाही अघि बढाइएको थियो।

प्रतिकृया दिनुहोस्