News Portal

समाजवादी युवा मोर्चाकाे माईतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन( तस्वीरहरुसहित)

जनगर्जन संवाददाता२०८१ माघ १८
५६ पटक

काठमाडौ । समाजवादी युवा मोर्चा (योङ कम्युनिस्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ) ले घुसखोरी,भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरेको छ ।

नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, नेकपा (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल, विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपाल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको युवा संठन नेपाल समाजवादी युवा संघले आज संयुक्त प्रदर्शन गरेको हो ।

वर्तमान सरकारले जनविरोधी गतिविधिहरू गरिरहेकाले खबरदारीका लागि समाजवादी युवा मोर्चाले प्रदर्शन गर्नुपरेको युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले बताएका छन । वर्तमान सरकार बनेदेखि नै भ्रष्टाचार, महँगी र कालोबजारी मौलाएको र जनजीविका अस्तव्यस्त बनेको दिनेश सीको भनाइ छ ।

भ्रष्टाचार, महँगी र कालोबजारी नियन्त्रण र आम जनताको जनजीविकाको पक्षमा सरकारले तत्काल ठोस कदम नचालेको खण्डमा थप संघर्ष र चरणबद्ध आन्दोलन गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्