News Portal

अब समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

जनगर्जन संवाददाता२०८१ माघ ५
६५ पटक

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै तत्काललाई समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

उनले भने,‘अहिले यो अवस्थामा सहकार्य हुँदैन । राजनीति खिचातानी रहेको र आफ्नै ठानेर जोसँग सहकार्य गरेको छ उसैलाई पछि फर्केर पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने भएपछि कुनै विश्वास छैन।’

समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल पार्टी सहकार्यमा सहभागी हुने सोचमा नरहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको जिकिर गरे ।

पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

उपेन्द्र भने मोर्चामा निष्क्रिय छन् । मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए ।

प्रतिकृया दिनुहोस्