News Portal

  • पत्रकार महासंघको समावेशी ‘दलित सचिव पद’मा वसन्त विकको उम्मेदवारी दर्ता

    जनगर्जन संवाददाता२०८१ मंसिर २२
    ३३ पटक

    काठमाडौ । नेपाल पत्रकार महासंघको यहि मंसिर २८ गते हुने निर्वाचनमा समावेशी दलित सचिव पदमा बसन्त विकको उम्मेदवारी दर्ता भएको छ।शुक्रवार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन समितिमा समावेशी दलित सचिव पदमा उम्मेदवारी दर्ता भएको हो ।

    पत्रकार शोभराज बरालको वारलेसनामा, पत्रकार कुशल वोगटी प्रस्तावक र पत्रकार रनसुर महतारा समर्थक रहेको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

    वरिष्ठ तथा कुशल पत्रकार विकले करिब दुई दशक बढी समयदेखि कर्णालीको कालिकोट जिल्ला र विभिन्न ठाउँबाट पत्रकारिता आन्दोलनमा समाजसेवा गरी योगदान दिनु भएको छ ।उहाँको उम्मेदवारी दर्तासंगै समावेशी दलित सचिव पदमा ४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    उहाँको प्रतिस्पर्थी उम्मेदवारका रुपमा प्रकाश धौलाकोटी, भिमबहादुर विश्वकर्मा र सन्तोश कुमार वराईलीको उम्मेदवारी दर्ता भएको हो ।
    युद्धपत्रकारको रुपमा चिनिने पत्रकार विकले जनयुद्धको समयमा जनगणतन्त्र रेडियोमा सेति महाकालि र भेरी कर्णाली क्षेत्रमा काम गरी पत्रकारिता आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।

    शान्ति प्रक्रिया पछि पनि रेडियो भेक आवाज,हिमाल एफएम, सुर्खेत,रेडियो चंखली एफएम कालिकोट, रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र सुर्खेत, विभिन्न पत्रपत्रिका, ज्वाला खवर डट्कम अनलाईन, ज्वाला खवर त्रैमासिक पत्रिकाको सम्पादक, जनपत्रिका डट्कमको सह सम्पादक लगायतका विभिन्न मिडियामा जिम्मेवारी लिएर पत्रकारिता क्षेत्रमा योगदान दिनु भएको छ ।

    उहाँको उम्मेदवारी पत्रकारिता आन्दोलनको विकासको लागि सकरात्मक कोशेढुङ्खा हुने आसा गर्दै सबै पत्रकारहरुको मतको अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्