News Portal

  • रिपोर्टिङको क्रममा तस्करबाट लुटिए अनि कुटिए पत्रकार,मौन छ कृष्णनगर प्रहरी प्रशासन?

    विष्णु विश्वकर्मा२०८१ कार्तिक २१
    ४६९ पटक

    कपिलवस्तु । रिपोर्टिङको क्रममा जनगर्जन नेटवर्क प्रालि का प्रबन्धक मान बहादुर सहकारी र सम्बादाता राम बहादुर बुढा माथि भन्सार तस्करीहरुले कुटपिट गरी सामान जफत गरेका छन ।

    केहि स्थानीयको गोप्य सुचनाको आधारमा मंगलबार दिनको ४:३० बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगरको बडर इलाका अन्तर्गत छोटे भन्सार नाका बाट तस्करहरुले अबैध रुपमा सामान भित्र्याईरहेको जानकारी आए लगत्तै जनगर्जन नेटवर्क प्रा ली को टिम कृष्णनगरमा पुगेर फोटो भिडियो र केही रिपोर्टिङ गर्ने क्रममा पत्रकार माथि कुटपिट तथा लुटपात भएको हो । रिपोर्टिङको क्रममा तस्करहरुले एक थान क्यामेरा , ४ वटा मोबाइल र राम बहादुर बुढाको पैसा सहितको पर्स समेत लुटपाट गरेका थिए ।

    रिपोर्टिङको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई जानकारी गराई सहयोग माग्दा बेवास्ता गरेको जनगर्जनका सम्बादाता राम बहादुर बुढाले बताउदै उनिहरुमाथि कुटपिट हुँदा क्यामेरा मोबाईलहरु लुटपाट हुँदा समेत प्रहरी प्रशासन प्रत्यक्षदर्शी भएर बसेको बताएका छन । के यो काम उनीहरुकै मिलेमतोमा भएको होत ? के राज्यले तस्करी लुकाउने पत्रकार कुटाउने हो ?

    करिब ६ बजेको समयमा केहि सिबिल प्रहरी घटनास्थलमा पुगेको र उनिहरुको माध्यमबाट प्रबन्धक र सम्बादातालाइ इलाका प्रहरी कार्यालय कृष्णनगरमा लगी करिब ५ घण्टा पछि तस्करहरुले पत्रकारहरुबाट खोसेको ३ वटा मोबाईल र पर्स फिर्ता गराईदिएको तर पर्समा भएको महत्त्वपूर्ण कागजातहरु र अझै एक थान क्यामेरा र राम बहादुर बुढाको मोवाईल जफत नै गरिएको छ भने फिर्ता गरिएको मोबाईलबाट सबै सामाग्रीहरु डिलेट गरिएको छ ।

    किन लगिए त पत्रकार मात्र?

    जानकारी गराईएपनि करिब एक घण्टापछि उक्त स्थानमा पुगेका सिबिल प्रहरीले जनगर्जन मिडियाका प्रबन्धक तथा पत्रकार मन बहादुर सहकारी र सम्बादाता राम बहादुर बुढालाई मात्र इलाका प्रहरी कार्यालय कृष्णनगर लगे भने तस्करहरुलाई भने लगेनन । करिब ५ घण्टाको इलाका प्रहरी कार्यालय बसाईमा तस्करहरुपनि ल्याउनुस भनी पटकपटक अनुनय बिनय नगरेका भने होईनन तर त्यो कुरा उनेहरुले सुनेनन कि सुन्न चाहेनन त? देशको चौथो अंग मानिने पत्रकार माथी हातपात तथा कुटपिट हुदा पनि तस्करी संरक्षण गरेर तस्करलाई बचाईराख्ने यहि हो त सिमा सुरक्षा र देश जनताको निमित्त जिउ ज्यान दिएर खटिएका सुरक्षा निकायको काम? के हेरिरहेको छ त सुरक्षा निकाय तस्करी या जनता?

    प्रतिकृया दिनुहोस्