News Portal

  • यदि मैले पनि भ्रष्टाचार गरेको भए गिरफ्तार गर म तयार छु:-प्रचण्ड

    जनगर्जन संवाददाता२०८१ कार्तिक १०
    १२८ पटक

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा आयोजना गरेको भन्दै भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् ।

    शनिवार काठमाडौँमा भएको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरेका छन ।

    सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताएका छन ।

    उनले भने– ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्‍यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ र ?’

    उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गरे ।

    प्रतिकृया दिनुहोस्