News Portal

  • समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छः विप्लव सी

    वसन्त वि. क.२०८१ कार्तिक ३
    १४३ पटक

    कार्तिक ३,चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताउनु भएको छ ।

    शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताउनु भएको हो ।

    उहाँले भन्नु भयो ‘ समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि होईन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउछ ।’
    महासविच विप्लवले सामान्तवादका नाईकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गर्नु भयो ।

    उहाँले भन्नु भयो ‘नेपालमा दलाल पुँजीपतिको सत्ता छ, यो किसान,मजुदर,महिला,दलित, मधेस,पहाडका जनताको सत्ता होइन, यो सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान गर्ने सत्ता होईन, हामी जनताको सेवा गर्न चाहान्छौ, जनताको सत्ता चाहान्छौ,एकचोटी एकताबद्ध हुने हो ।’

    विप्लवले राति चमेराहरुले शासन गर्न खोजे जस्तै दलाल पुँजीपतिवर्गले जनतामाथि अत्याचारको शासन गरेपनि त्यो धेरै दिन टिक्न सम्भव नहुने दावी गर्नु भयो । उहाँले पछाडि फर्केर नभई अगाडि बढन पनि अपिल गर्नु भयो ।

    उहाँले कार्यक्रममा पटक –पटक माओवादी एकतालाई जोड दिनु भयो । उहाँले कुनै व्यक्तिगत स्वार्थ र कुर्सीका लागि नभई समाजवादी क्रान्ति र जनताको सत्ताका लागि माओवादीहरुको एकता जरुरी भएको बताउनु भयो ।

    महासचिव विप्लवले युक्रेन,प्यालेष्टायन,मध्यमपूर्व लगायका ठाउँहरुमा अमेरिकी साम्राज्यवाद तथा पुँजीवादले युद्ध थोपरिरहेको भन्दै नेपालमा पनि संैन्य अखडा राख्न खोजेकोमा कडा विरोध गर्नु भयो । उहाँले कुनै पनि वहानामा अमेरिकी हस्तक्षेप नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिनु भयो ।

    बेपत्ता योद्धा दण्डपाणी न्यौपान सहित करिव २ हजार योद्धाहरु राज्यले बेपता पारेको भन्दै विप्लवले भन्नु भयो ‘उनीहरु राज्यले बेपत्ता पारेपनि विचारले कहिल्यै बेपत्ता छैनन्,उनीहरुका सपना पुरा गर्ने हाम्रो चाहना छ, त्यो कुनैपनि मुल्यमा पुरा गर्नेछौ ।’

    प्रतिकृया दिनुहोस्