News Portal

  • कपिलवस्तु जिल्लाले पनि मनायो ६९औं प्रहरी दिवस

    जनगर्जन संवाददाता२०८१ आश्विन ३०
    १४६ पटक

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न कार्यक्रमका साथ ६९औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ ।

    ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताएका छन । सिमा क्षेत्रमा हुने अपराध, राजमार्ग क्षेत्रमा हुने अपराध, गाउँ समाज र समुदायमा हुने अपराधको भित्रि रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलप अति उत्तम रहेको प्रजिअ अर्यालले सो कुरा बताएका छन।

    कुनै पनि नागरिक बिना बर्दीको प्रहरी हो, शान्ति सुरक्षा कायम गर्ने, अमनचयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने मुख्य काम भनेको प्रहरीको हो, यसका लागि प्रहरी अहोरात्र खटिन सक्नुपर्छ । यद्यपि त्यसमा आम नागरिको त्यतिकै भूमिका रहेको उहाँको भनाइ छ ।

    दिवसको अवसरमा व्याडमिण्टन र भलिबल प्रतियोगितामा विजयी हुने टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । त्यसैगरी अमर प्रहरी परिवार लगायत पुर्व ज्येष्ठ प्रहरीलाई सम्मानित गरिएको छ।

    कार्यक्रम जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा कपिलबस्तु जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता थियो ।

    तस्बिरको लागि तलको लिंकमा क्लिक गर्नु होला ।
    https://www.facebook.com/share/p/kUiu2rBFJPJBj7eP/

    प्रतिकृया दिनुहोस्