News Portal

  • बानियाँभारमा चोरी गर्ने चार युवा समातिए

    जनगर्जन संवाददाता२०८१ आश्विन १०
    ११८६ पटक

    कपिलवस्तु । कपिलवस्तु ९ शिवराज नगरपालिकाको बानियाँभार बाट चोरी गरेको नगद २०००० र विभिन्न सामानसहित ४ जना युवालाई गएराती प्रहरीले समातेको छ ।

    कपिलवस्तु ९ शिवराज नगरपालिका बानियाँभारमा करिब रातीको ०८.४५ बजेको समयमा चोरी गर्ने क्रममा बानियाँभार बस्ने अर्जुन सुनार,ऐ.ऐ.बस्ने शुशिल सुनार, ऐ.ऐ.बस्ने विष्णु बस्नेत ऐ.ऐ.बस्ने कमल सुनार लाई प्रहरीले रातीनै उनीहरुकै डेराबाटै पक्राउ गरेको हो ।
    पछिल्लो समय ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाका प्रमुख जङ्ग बहादुर शाहको आगमन संगै यहाँका सञ्चार क्षेत्र स्थानीय निकाय, सरोकारवाला निकायहरुसित समन्वय तथा सहकार्यत्मक भेटघाट तथा छलफल पछि यहाँको समस्यालाई सकारात्मक पक्षबाट सुधार्ने कुरामा जोड दिएका थिए ।

    त्यही कुरालाई मध्यनजर गरी ईलाका प्रहरी कार्यालयमा पदभार गरेको करिब २ हप्तामा यो क्षेत्रमा भएको चोरीडकैतीको जडको सुरुवाती चरणमा नै एउटा सफलाता हासिल गरेका छन । यो उनको पहिलो फिल्ड अपरेसन फलदायी बनेको छ ।

    केहि सुराकका आधारमा अनुसन्धान गर्दै जादा बुधबार राति घरमा कोहि नभएको मौका पारी बाकसको ताला फोडि बाकसमा रहेको नगद रु २०,००० हजार सहित तिलहरी थान – २(सुनजस्तो देखिने पोते सहितको),सुन जस्तो देखिने औठी थान-१, कानको टप सुनको जस्तो देखिने थान-४, मोटीमाला सुनजस्तो देखिने थान-१, चादीको सिक्का माला थान -१, मंगलसुत्र थान -१ सामाग्री प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेका ४ जना युवालाई राती नै वडा प्रहरी कार्यालय चन्द्रौटालाई बुझाएको छ । बरामद भएका सामानहरु सुनका हुन या होइनन, चोरी भएको सामानको मुल्य पनि के कति हो सबै कुरा अनुसन्धान पछि मात्र पत्ता लाग्ने ईलाका प्रहरी कार्यालयका प्रमुख जङ्ग बहादुर शाहले जनगर्जन टिमलाई जानकारी दिएका छन ।

    कोठामा चोरी गरेका नगद र सामाग्रीहरु घरको छानामा ,सुत्ने कोठामा किचन कोठाको विभिन्न ठाउबाट भेटिएको प्रहरीले जनाएको छ ।

    यो क्षेत्रमा चोरीको घटनाहरु दिनप्रतिदिन दिनदहाडै बढिरहेको छन । यी घटनाहरुलाई मुख्य अपरेसन बिन्दुमा राखेर काम गर्ने र समाजलाई भयमुक्त बनाई स्थानीय जनताहरुको सेवामा लाग्ने बताएका छन ।इलाका प्रहरी कार्यालयको अबको अर्को अपरेसन भनेको लागुपदार्थ दुर्ब्यसनी रहेको छ ।

    प्रतिकृया दिनुहोस्