News Portal

  • मुकुल ढकाले दिए निर्वाचन आयोगमा निवेदन,कस्तो थियो त रास्वपाको कारबाही ?

    जनगर्जन २०८१ साउन १३
    ८९ पटक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य सबै पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन गरेका छन् ।

    रास्वपाले ढकाललाई पार्टी केन्द्रीय समितिको बैठक बसी असार २५ मा पदबाट हटाएको थियो । ढकाललाई उक्त निर्णय अवैधानिक भएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन गरेका हुन ।

    निवेदनमा लेखेका छन,मलाई अहिलेसम्म पदीय भूमिकाबाट मुक्त गरेको पत्र पार्टीले हालसम्म उपलब्ध गराएको छैन ।

    राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।

    पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्