News Portal

  • नेकपाका प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादब बीच भेटघाट

    जनगर्जन शनिबार ,असार २१,२०८१
    २६२ पटक

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ ।
    नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएको छ ।

    जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा पछिल्लो समय सरकारी गठबन्धनमा भएको परिवर्तन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकारात्मक र नकारात्मक प्रभावको बिषयमा समेत छलफल भएको बताइएको छ।

    आजको भेटवार्तामा सरकारी गठबन्धनमा भएको परिवर्तन संसदीय व्यवस्थाको उपज भएको र देशका तमाम समस्या समाधान नेपाली विशेषताको समाजवादबिना सम्भव नहुने बिषयमा छलफल भएको बताइएको छ। साथै उक्त भेटवार्तामा देश र जनतालाई वर्तमान संकटवाट पार लगाउन सबै क्रान्तिकारी , प्रगतिशील , सच्चालोकतन्त्रवादी र राष्ट्रवादी दल र नेताहरु एकजुट भएर नेपाली विशेषताको समाजवादी व्यवथाको लागि जुट्नुको बिकल्प नभएको बिषयमा समेत छलफल भएको बताइएको छ।

    यसैगरी, उक्त भेटवार्तामा पछिल्लो समय समाजवादी मोर्चामा देखिएको जटिलता र त्यसको समाधानका साथै समाजवादी मोर्चालाई रक्षा गर्दै सकारात्मक दिशा प्रदान गर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।

    यसैगरी, उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीतिमा आएको जटिलता र त्यसको समाधानका लागि दुई पार्टी र नेताहरुबीच गम्भीर छलफल हुनुका साथै देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्