News Portal

  • ओलि र देउवाप्रति बालेनको मिठो व्यंग्य : “यो समय गिरीबन्धु चियाको हो”

    "यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।"

    जनगर्जन बिहिवार ,असार १८,२०८१
    १६५ पटक

    काठमाडौं । नेपालमा राजनितिले कतिबेला फड्को मार्छ यो कसैलाई थाहा हुदैन। राजनितिक चलखेल र सत्ता दाउपेच गर्ने संसदका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मनछुने सत्य मीठो व्यंग्य गरेका छन् ।

    समाजमा भैरहेका विसङतिहरुलाई फेसबुक बाट चिरफार गर्ने मेयर बालेन मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै लेखेका छन्, । “यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।”

    महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

    नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् भने दोस्रो नेपाली काङ्ग्रेसका शेर बहादुर देउवा हुने सहमती भएको छ ।

    प्रतिकृया दिनुहोस्