News Portal

  • सबै कम्युनिस्टहरु अब एक भएर लाग्नु आवस्यक छ:वामदेव गौतम

    जनगर्जन संवाददाता
    ९३ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सबै कम्युनिस्टहरु अब एक भएर लाग्नु आवस्यक भएको बताएका छन ।

    शनिबार काठमाडौँमा आयोजित पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले यस्तो कुरा बताएका छन ।

    उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने उनको भनाई थियो ।

    उनले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीले अब हामी सबै कम्युनिस्ट हरु मिलेर काम गर्नुपर्छ’ भनेर आफ्नो प्रस्ताव राख्नुपर्‍यो । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरूको बिचमा एकता हुनैपर्छ । त्यही कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेको छ ।

    समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो । मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिईकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिस्टहरू बिचको एकता हुनैपर्छ ।’

    प्रतिकृया दिनुहोस्