News Portal

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेविरूद्धकाे रिटको सुनुवाइ १८ असारमा

जनगर्जन संवाददाता२०८१ आषाढ ८
२२३ पटक

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ असार १८ गतेलाई तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखी असार १८ को अर्को पेशी तोकेको हो।

अधिवक्ता अनुपम भट्टराईले लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

लामिछानेमाथि रुपन्देही र कास्कीमा सहकारी ठगीको जाहेरी परे पछि महान्यायाधिवक्ता कार्यालयले उनीमाथि कुनै जाहेरी नपरेको भन्दै ‘क्लिन चिट’ दिएको थियो। त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका हुन्।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ। अब लामिछानेको तर्फको बहस बाँकी छ।

प्रतिकृया दिनुहोस्