News Portal

  • नेपालभर मनसुन फैलन अझै ५ देखि ७ दिन लाग्ने

    जनगर्जन संवाददाता२०८१ आषाढ ५
    १०२ पटक

    काठमाडौं । भारतको पश्चिम बङालबाट नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ ।

    अहिलेको मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले नेपालभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ ।

    मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।

    मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ ।यो गति निरन्तर रुपमा अगाडि सरेको देखिन्छ

    प्रतिकृया दिनुहोस्