News Portal

कम्युनिस्ट युवा संगठनद्वारा ललितपुरमा NIC Asia बैंकको लिलामीविरुद्ध कालो ब्यानरसहितको प्रदर्शन

जनगर्जन संवाददाता२०८२ आषाढ १६
१०२ पटक

ललितपुर, असार १६ । NIC Asia बैंकले बित्तीय माफियासँग मिलेर जनताको सम्पत्ति लिलामी गरेको आरोप लगाउँदै कम्युनिस्ट युवा संगठन नेपाल, ललितपुरले एक विरोध कार्यक्रम गरेका छन्।

बैंकले लिलामी प्रक्रियामार्फत कब्जा गरेको ललितपुरस्थित गोमा अधिकारीको घरमा आज संगठनले कालो ब्यानर टाँसेर आफ्नो असहमति जनाएका हुन्। संगठनले आरोप लगाएको छ कि बैंकले भूमाफियासँग मिलेमतो गर्दै गोमा अधिकारीको घर जबरजस्ती लिलामी प्रक्रियामा सारेको हो।

संगठनका अनुसार: NIC Asia बैंकले सेवाग्राहीहरु लाई दिनहुँ मानसिक यातना दिने गरेको,सेवाग्राहीहरूसँग जालसाजी गर्दै भूमाफियासँग मिलेर सम्पत्ति हडप्ने गरेको प्रमाण भेटिएको, ललितपुर महानगरपालिकाबाट दिइएको निर्देशन पत्रको बेवास्ता गरिएको जस्ता कारणहरू विरोधको मुख्य आधार बनेका छन्।

संगठनले यसप्रकारको ‘लुटतन्त्र’विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिएको छ। उनीहरूले बैंक तथा भूमाफियासँग मिल्ने सरकारी संयन्त्रमाथि समेत प्रश्न उठाएका छन्।

संगठनले यस प्रकारका घटनाहरूमा पीडितको न्यायको पक्षमा जनस्तरबाट आन्दोलन चर्काउने तयारी पनि गरिरहेको जनाएको छ। यस विषयमा NIC Asia बैंकले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिकृया दिनुहोस्