News Portal

सिंहदरबारमा देउवा, ओली र प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल

जनगर्जन संवाददाता२०८२ आषाढ ६
३१ पटक

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी छ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

तीन दलबीचको यो छलफल विशेष रूपमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा केन्द्रित रहेको बताइएको छ। द्वन्द्वकालीन मुद्दा, पीडितका न्याय प्राप्तिको अधिकार, र transitional justice प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयमा नेताहरूबीच रायसल्लाह भइरहेको स्रोतको भनाइ छ।

संविधानबमोजिम गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम प्रभावकारी बनाउनुपर्ने, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न कानुनी संरचना र सहमतिको खाँचो औंल्याउँदै तीन दल छलफलमा जुटेका हुन्।

प्रतिकृया दिनुहोस्