News Portal

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणपछिको पहिलो मन्त्रिपरिषद् बैठक आज, राष्ट्र बैंक गभर्नर नियुक्तिको सम्भावना

जनगर्जन संवाददाता२०८१ चैत्र २५
१५६ पटक

काठमाडौ । प्रधानमन्त्री केपी ओली थाइल्याण्ड भ्रमणपछि पहिलो मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा निर्धारित गरिएको छ।

बिमेस्टेक सम्मेलनमा सहभागिता जनाएर फर्किएपछि प्रधानमन्त्रीको अध्यक्षतामा बस्न लागेको बैठकलाई महत्वपूर्ण मानिएको छ। आजको बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ।

महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएसँगै राष्ट्र बैंक गभर्नरको पद खाली भएको छ। सोही कारण सरकारले आजको बैठकमा गभर्नर नियुक्तिको एजेन्डा प्राथमिकतामा राख्न सक्ने स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्