News Portal

राजा फर्काउने कुरा आकाशको तारा खसाल्ने सपना: पूर्वमन्त्री बास्कोटा

जनगर्जन संवाददाता२०८१ चैत्र ११
१३२ पटक

काठमाडौ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजा फर्काउने विषयमा चलिरहेको होहल्लालाई “आकाशको तारा खसाल्ने सपना” भन्दै टिप्पणी गरेका छन्।

पूर्वमन्त्री बास्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजा फर्काउने अभियानलाई पूर्वपञ्चहरूलाई एकीकृत गर्न र आगामी चुनावमा भोट थप्ने योजनाको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार राप्रपाले राजा फर्काउने नारालाई संगठन विस्तारको साधनको रूपमा प्रयोग गर्दैछ।

“राजा फर्काउने कुरा त केवल संगठन विस्तारको एउटा योजना हो। अरू त आकाशको तारा खसाल्ने सपना न हुन्,” बास्कोटाले स्पष्ट पारे।

उनले राजा फर्काउने सम्भावना नदेखिए पनि राप्रपाले यो नारा उठाएर आफ्नो जनमत बढाउन खोजिरहेको आरोप लगाए। उनका भनाइले राजनीतिक वृत्तमा नयाँ चर्चा निम्त्याएको छ।

राप्रपाले भने राजा फर्काउने अभियानलाई जनताको चाहनाको रूपमा व्याख्या गर्दै आएको छ। यस विषयमा राप्रपाको औपचारिक प्रतिक्रिया भने आइनसकेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्