News Portal

राजा ल्याउछु भन्नेलाई प्रचण्डको आग्रह:लोकतन्त्रमै आफ्नो ठाउँ बनाउनुस

जनगर्जन संवाददाता२०८१ फाल्गुण २७
१९३ पटक

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ बनाउन राजा ल्याउछु भन्ने राजावादीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार संसद विशेष समय लिएर बोल्दै उनले भने,‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’।

लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि त्यति नै हो भन्दै सबैलाई यही भाव संविधानमा रहेको समेत उनले बताएका छन ।

उनले पुनः भने,‘लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ती फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’।

प्रतिकृया दिनुहोस्