News Portal

नेपालका लागि बेलायती राजदूत रोब फेन र ऊर्जामन्त्री दिपक खड्का बिच शिष्टाचार भेटघाट

जनगर्जन संवाददाता२०८१ फाल्गुण ८
८५ पटक

काठमाडौ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बेलायतका राजदूत रोब फेन बीच शिष्टाचार भेटघाट भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उनीहरुबीचमा दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पुर्‍याउदै आएको योगदानको उच्च कदर गर्दै उनले, बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनःनिर्माण सहयोगप्रति आभार व्यक्त गरे ।

नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गरे । उनले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा सङ्क्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुईपक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गरे ।

भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरु सराहनीय रहेको बताए । उनले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरुलाई सन्तुलनमा राखेर भइरहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्वपूर्ण सघाउ पुगेको बताए ।

प्रतिकृया दिनुहोस्