News Portal

जातिय विभेद विरुद्ध माईतीघर मण्डलामा श्रमिक समुदाय मोर्चाको बिरोधसभा

जनगर्जन संवाददाता२०८१ माघ २८
१२३ पटक

काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा,नेपालले विरोध सभा सम्पन्न गरेको छ । मोर्चाले आज माइतीघर मण्डलामा उक्त सभा सम्पन्न गरेको हो ।

सभाका प्रमुख वक्ता श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले यो दलाल व्यवस्थाले उत्पीडित श्रमिक समुदायलाई न्याय दिन नसकेको ठोकुवा गर्नुभएको छ । “आज किसान, मजदुर र उत्पीडितहरु चोकचोकमा नारा लगाउन बाध्य छन् । सबैको मुक्तिका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्दछ” उहाँले भन्नुभयो ।

त्यसैगरी अर्का वक्ता अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सीले आधुनिक युगमा जाति कै आधारमा विभेद र हिंसा गरिनु दु:खद कुरा भएको बताएकी छन ।

अर्का वक्ता अखिल समाजवादीका महासचिव प्रकाश सीले गृहमन्त्री रमेश लेखकले आफ्नै निर्वाचन क्षेत्रका निर्मला पन्त लगायत कसैलाई पनि न्याय दिन नसकेको र उनीबाट न्यायको आश गर्नु उचित देखिएन तसर्थ उनले राजिनामा दिनु नै उत्तम देखिन्छ । गृहमन्त्रीबाट नै यस्ता कदम हिसा भेदभाव हुनु लजास्पद भएको भदै आक्रोश व्यक्त गरेका छन ।

सभामा बोल्ने वक्ताहरुले अछाम, सर्लाही र रौतहटमा भएको जातीय विभेदका घटनाहरुको विरोध गरिएको छ । घटनाका दोषीहरुलाई कार्वाही एवं पीडितलाई क्षतिपूर्ति र श्रमिक समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानका लागि नेपाल सरकार समक्ष वक्ताहरुले जोडदार माग गरेका छन् ।

त्यसैगरी २१ गते साँफेबगर ९ स्थित बुढाकोट माविमा पुजारी चेतराज भट्टले शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लगायत अविभावक र श्रमिक समुदायका विद्यार्थीहरुलाई सरस्वती पूजाको टीका पातमा दिई विभेद गरेका हुन् ।

त्यसैगरी सर्लाहीको बरहथवा ४ का सत्येन्द्र राम चमार र बरहथवा ५ की नेहा रौनियारबिच अन्तरजातीय प्रेम विवाह पश्चात् विवाह दर्ता समेत गरिसकेको अवस्थामा सत्येन्द्र विरुद्ध बालविवाह, लागूऔषध देखि मानव बेचविखन सम्मको मुद्दा लगाई गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुखकै निर्देशनमा फसाउने षड्यन्त्र गरिएको समाचार आएपछि चौतर्फी विरोध भइरहेको छ ।

त्यसैगरी रौतहटको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरी उल्टै राजेशमाथि नै झुट्टा मुद्दा दर्ता गरिएको कुराको समेत विरोध भइरहेको छ ।

उक्त विरोधसभा कार्यक्रम श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिका इन्चार्ज पदम सीको अध्यक्षता र सदस्य सर्जक सीको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्