News Portal

तीन बुँदे सहमति कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन हुने

जनगर्जन संवाददाता२०८१ पौष २९
८७ पटक

काठमाडौ । युवा संगठन नेपालले राज्य र नेपाल कम्युनिस्ट पार्टीबिच सम्पन्न तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।संगठनको आइतबार हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि दबाब दिने उदेश्यले आगामी माघ ५ देखि ८ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले जानकारी दिएका छन् ।

तत्कालीन ओली सरकारले नेकपामाथी लगाएको प्रतिबन्धका क्रममा झण्डै दुई दर्जन बढी नेकपा सम्बद्ध नेताकार्यकर्ताको ज्यान गएको थियो भने सयौं नेता कार्यकर्ताहरुलाई पक्राउ गरि जेल हिरासत राखिएको थियो।त्यस्तै प्रतिबन्धको क्रममा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत सयौं नेताहरू विरुद्ध मुद्दाहरु लगाइएको थियो।

सरकार र नेकपाबीच भएको सहमति अनुसार नेकपा माथीको प्रतिबन्ध फुकुवा गर्ने, नेताकार्यकर्ता रिहाई गर्ने र मुद्दाहरु फिर्ता लिने लिखित सहमति भएको भएपनि अझै नेकपाका कार्यकर्ता रिहा हुन बाँकी रहेको र मुद्दाहरु फिर्ता नलिएकोले यसले देशमा शान्ति, स्थिरता कायम हुने भन्दा पनि द्वन्दको स्थित आउँन सक्ने भन्दै राज्यलाई थप दबाब दिन हस्ताक्षर अभियान संचालन गर्न लागिएको बताइएको छ।

युवा संगठन नेपालले भ्रष्टाचार ,बिदेशी हस्तक्षेप विरुद्ध र रोजगारीको माग सहित चैत २४ गते काठमाडौमा प्रदर्शन गर्ने,देशव्यापी जिल्ला भेला र सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

प्रतिकृया दिनुहोस्