News Portal

अन्धकारमा बनेको अन्धो सरकारले मध्यरातमा अध्यादेश ल्याएछः सुमना श्रेष्ठ

जनगर्जन संवाददाता२०८१ पौष २८
६५ पटक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले मध्यरातको अध्यारोमा बनेको अन्धो सरकारले मध्यरातमा नै अध्यादेश ल्याएको टिप्पणी गरेकी छन् । लोकतन्त्रमा संसद् छलेर अध्यादेश ल्याउनुलाई उनले ‘कहीँ नभएको जात्रा……’ को संज्ञा दिदै संसदको आउँदो अधिवेशनमा अध्यादेश र सरकारको निरङ्कुशताबारे छलफल हुने बताएकी छन ।

सरकारले अध्यादेशबाट देश चलाउने तन्त्रन्त्र बुनिरहेको उनको आरोप छ । पूर्वमन्त्री श्रेष्ठले सरकार संसदमात्र नभएर जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको टिप्पणी समेत गरेकी छन् ।

‘मध्यरातको अन्धकारमा बनेको अन्धो सरकारले मध्यरातको अन्धकारमै अध्यादेश ल्याएछ। संसद सत्तापक्षको दुईतिहाई छ । तर, सरकार संसदबाट तर्सिन्छ र अध्यादेशबाट देश चलाउने तन्त्रमन्त्र बुन्छ। कारण स्पष्ट छः सरकार संसदमात्र होइन जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको छ,उनले सामाजिक सञ्जालमार्फत यसरी आफ्नो भनाई राखेकी छन ।

प्रतिकृया दिनुहोस्