News Portal

झापा गिरीबन्धु प्रकरण “ओलीको आक्रोश बालेनलाई सोध्नू”

विष्णु विश्वकर्मा२०८१ जेठ २२
३४७ पटक

काठमाडौँ / झापाको गिरीबन्धु टी स्टेट प्रकरणमा नेकपा एमाले अध्यक्ष केपी ओलीको नाम आईरहेको छ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो फेसबुक पेजमा झापाको टी स्टेट मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको हस्तक्षेप रहेको भन्दै स्टाटस पोष्ट गरेपछि अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न पर्ने जवाफ दिएका छन ।

सोमबार संसद भवन परिसरबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ फर्काएका छन ।

सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडको सडक फेरी बनाउन लगाएर गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गर्न खोजेको धारणा सार्वजनिक गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस्