News Portal

  • दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

    जनगर्जन संवाददाता२०८१ आश्विन १५
    ५५ पटक

    काठमाडौं । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आज आदेश दिएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०/ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्युरोका एसएसपी दीपकराज अवस्थीले बताएका छन ।

    यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

    गत असोज ६ गते आफनै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

    प्रतिकृया दिनुहोस्