News Portal

  • आज पृथ्वीराजमार्ग २ घण्टाका लागि पूर्णरुपमा बन्द रहने

    जनगर्जन संवाददाता२०८१ आश्विन १५
    ६० पटक

    काठमाडौं । पृथ्वी राजमार्ग आज दुई घण्टाका लागि पुन: बन्द गरिएको छ ।

    १२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको उक्त सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

    झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ

    लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्कन प्रहरीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्