News Portal

  • बाढी , पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    १०५ पटक

    काठमाडौं । निरन्तर अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।

    काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा मात्र बस तथा माईक्रोमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।

    १० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् । उनीहरुको निःशुल्क उपचार भइरहेको छ ।

    करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्