News Portal

श्रीलंकासँग खेल्दै नेपाल साफ यु-१७ च्याम्पियनसिपमा

जनगर्जन संवाददाता२०८१ आश्विन ७
१९४ पटक

काठमाडौं । सार्क राष्ट्र अन्तरगत भुटानमा भइरहेको साफ यु-१७ च्याम्पियनसिपमा उत्साहाका साथ नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो १.४५ बजे देखि सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भए लगत्तै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले श्रीलंकालाई हराउनैपर्ने बाध्यता छ ।

श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो ।
नेपालको अन्तिम खेल बुधबार भुटानसँग हुनेछ ।

प्रतिकृया दिनुहोस्