News Portal

  • बाबुरामको प्रश्न : किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’

    जनगर्जन संवाददाता
    ७०६ पटक

    १ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए ,

    शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए । उनले अघि भने, किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’

    शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएको भन्दै यसले खेलवाडको विषय बनाउन नहुने बताए ।

    आफूहरुले माओवादी आन्दोलन नभई तत्कालीन माओवादी पार्टीमात्र छाडेको भन्दै उनले जनयुद्ध, मधेस आन्दोलन लगायतबारे साझा बुझाइ हुनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्