News Portal

  • नेकपा (एस) बागलुङमा अध्यक्षसहित पदाधिकारी चयन

    दिनेश विकल्प२०८१ भाद्र ३०
    ११० पटक

    बागलुङ । नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ ।

    केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले पनि अध्यक्ष तोकेको हो । समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा र सचिवमा शालिकराम शर्मालाई चयन गरिएको छ । उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्ती मगर चयन भएका छन,
    साथै, पार्टी हित विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरीसहित ७ जनालाई कारवाही समेत गरिएको छ । कारवाहीमा पर्नेमा तत्कालिन अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष केशर छन्त्याल, सचिव भरत पुरी, सदस्यहरु जीवन आचार्य, श्याम पुन, प्रेम थापा, खगेन्द्र शर्मा लगायत रहेका छन ।

    त्यस्तै पार्टी छाडेर जाँदा कार्यालयको सम्पत्ति हिनामिना गरेको भन्दै नेकपा एसले तत्काल फिर्ता गराउन माग समेत गरेको छ ।

    दुइ साताअघि तत्कालिन अध्यक्ष थापा र सचिव पुरी एमालेमा प्रवेश गर्दा पार्टी समायोजन भएको अभिव्यक्ति दिएर निर्णय पुस्तिका हस्तान्तरण गरेको बताएपनि नेकपा एसले स्थापना कालदेखिको निर्णय पुस्तिका पनि पार्टीमै रहेको गौतमले सार्वजनिक गरेका छन ।

    प्रतिकृया दिनुहोस्