News Portal

  • श्रमिक समुदाय मोर्चा नेपाल काठमाण्डाैं जिल्ला को छैठौं भेला सम्पन्न

    जनगर्जन संवाददाता२०८१ भाद्र २९
    ९३ पटक

    काठमाडौ । श्रमिक समुदाय मोर्चा नेपाल काठमाण्डाैं जिल्लाको छैठौं भेला आज काठमाडौको बालाजु स्थित नागार्जुन पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

    मोर्चा केन्द्रीय कार्यालय सदस्य क. गोपाल सी को अध्यक्षतामा सम्पन्न सो कार्यक्रम मा नेकपा पिबिएम एवं काठमाडौ जिल्ला इन्चार्ज क. माइला सी प्रमुख आतिथ्यतामा सम्पन्न उक्त जिल्ला भेलामा, विशेष अतिथि श्रमिक मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी लगायत अन्य जबस. मोर्चा एवं पार्टीका नेताहरुको विशेष उपस्थिती रहेको थियो ।

    भेलालाई सफलताको शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि नेकपाका पिविएम तथा काठमाडौं जिल्ला इन्चार्ज माईला सीले अझै पनि समाजमा विभेदका घटनाहरु कमी हुन नसकेको बताए । उनले दलाल पुँजीवादी व्यवस्थामा श्रमिक समूदायका अधिकारहरु स्थापित हुन नसक्ने दाबी गर्दै समाजवादी व्यवस्था चाहिएको जिकीर गरे । नेता माईलाले भने ‘समाजको सीपको खानी बोकेको श्रमिक समूदाय हो, राज्यले नै सम्मान गर्ने र अधिकार शुनिश्चित गर्ने व्यवस्था गर्नु पर्छ ।’

    भेलामा नेकपाका केन्द्रीय सदस्य तथा श्रमिक समूदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने बताए । उनले दलाल पुँजीवादले मान्छे –मान्छे बिच विभेद सृजना गरेको आरोप लगाए । उनले नेपाली विशेषताको समाजवादले मात्र दलितहरुा समस्या हल हुन सक्ने बताएका छन  ।

    उक्त भेलाले इन्द्र सी को अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।सो भेलामा सामना साँस्कृतिक परिवारको दमदार प्रस्तुति रहेको थियो

    प्रतिकृया दिनुहोस्