News Portal

गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान

कर्ण विश्वकर्मा२०८१ भाद्र २८
१६३ पटक

२८ भदौ, कालिकोट । कर्णाली राजमार्ग सञ्चालनमा आएको केहीबेरपछि नै गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको छ ।

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।

गाडी पूर्णरूपमा क्षतिग्रस्त भएपनि मानवीय क्षति भने नभएको कालीकोट प्रहरीले जनाएको छ ।

गाडीमा रहेका चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् । यात्री झारेर अगाडि बढ्दा गाडीमा पहिरो खसेको थियो ।

प्रतिकृया दिनुहोस्