News Portal

  • नवजात शिशु सरसको नाममा जीवनकोष स्थापना,विप्लवले दिए शुभकामना

    विमर्श सी२०८१ भाद्र २८
    ७७ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सगरमाथा सी र रमिता सीको पुत्र सरसको नाममा जीवन कोष खडा गरिएको छ। शुक्रवार कपिलवस्तुस्थित शिवगढीमा भएको एक कार्यक्रम मार्फत कोषको स्थापना गरिएको हो।

    २०८१ जेष्ठ २८ गते जन्मिएका सरसको नाममा सी संकृति अनुसार १६ हजार ४ सय ५५ रुपैयाँको जीवनकोष स्थापना गरिएको र उक्त कार्यक्रममा नेकपा महासचिव विप्लव,स्थायी समिती सदस्य रणवीर,पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव विजय सी, केन्द्रीय समिति सदस्यहरु सुशील सी, संगम सी, अडिग सी, प्रयास सी र कपिलवस्तु जिल्ला सेक्रेटरी पावेल सीको उपस्थिति रहेको थियो ।

    नवजात शिशुको नाममा जीवनकोष घोषणा भएको उक्त कार्यक्रममा नेकपा महासचिव विप्लवले बधाई मन्तव्य व्यक्त गर्दै सी संस्कृति अनुसार घरघरमा अक्षयकोष स्थापना गर्दै जानुपर्ने र त्यसले समाजलाई योगदान पुर्‍याउने बताए।

    पुरानो रुढिवादी संस्कृतिको विकल्पमा नयाँ र बैकल्पिक राजानीति र संस्कृतिलाई पनि संग संगै लिएर जानुपर्ने भन्दै महासचिव विप्लवले सी संस्कृतिको आधारमा समाजलाई न्यायपूर्ण, बिभेदबिहिन र सभ्य बनाउन सकिने बताए।

    नेपाल कम्युनिस्ट पार्टीले दुई बर्ष अघि सम्पन्न गरेको नवौं महाधिवेशन मार्फत सामन्ती र पुँजीवादी सांस्कृतिक अवधारणाको विकल्पमा सी जातिको जन्म, मृत्यु र बिबाह सम्बन्धि अवधारणा पास गरेको थियो भने नेकपा महासचिव विप्लवले आफ्नै आमा आशिका देवी चन्दको निधनको क्रममा सी जातिको प्रस्ताव अनुसारको मृत्यु संस्कार कार्यान्वयन गरेका थिए।

    प्रतिकृया दिनुहोस्