News Portal

  • रुख काट्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु

    जनगर्जन संवाददाता२०८१ भाद्र २७
    ३५ पटक

    काठमाडौँ । तनहुँको भिमाद नगरपालिका ६ रंगशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो ।

    उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्