News Portal

  • सुर्खेतका लागि आज बिहान उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    जनगर्जन संवाददाता२०८१ भाद्र २४
    १२३ पटक

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान एक्कासि आकस्मिक अवतरण भएको छ ।

    श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान सुर्खेतका लागि उडेको थियो । एक्कासि उक्त विमानमा प्राविधिक समस्या देखिएपछी चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हो ।

    अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’ को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

    कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ।

    प्रतिकृया दिनुहोस्