News Portal

  • पत्रकार सुमन श्रेष्ठ अभिनन्दित

    जनगर्जन संवाददाता२०८१ भाद्र २३
    १४० पटक

    काठमाडौ । पत्रकार सुमन श्रेष्ठ (सर्गम )अभिनन्दित भएका छन् ।१८महिनापछि भोजपुर कारागारबाट रिहाई भएको सन्दर्भमा जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट उनलाई आइतबार काठमाडौमा अभिनन्दन गरिएको हो।खुला आकाशमा स्वागत गर्दै संगठनको तर्फबाट अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्टले खादा लगाएर अभिनन्दन गरेका थिए।

    भोजपुरको अरुण गाउँपालिका वडा न ४ निवासी श्रेष्ठलाई २०७९ कात्तिक ३० गते आमनिर्वाचनको क्रममा पक्राउ गरि बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा पुर्पक्षका लागि जेल चलान गरि थियो भने २०८१ बैशाख ३० गते जिल्ला अदालत भोजपुरको फैसला पछि उनलाई रिहा गर्न आदेश दिइएको थियो।

    डेढ दशक देखि जनपक्षीय पत्रकारिता आन्दोलन र पत्रकारिता कर्ममा संलग्न श्रेष्ठलाई राज्यले राजनीतिक आस्थाका आधारमा मुद्दा चलाएको थियो। श्रेष्ठ जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य समेत हुन् ।

    प्रतिकृया दिनुहोस्