News Portal

  • एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन एउटा भरपर्दो माध्यम चाहिन्छ: घनश्याम भुसाल

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    ८८ पटक

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिने कुरा बताएका छन । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न अब संसदीय अनुगमन समिति गठन गर्न माग गरेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको कार्यक्रममा उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन अनुगमन समिति बनाउन माग गरेका हुन् ।

    `म त भन्छु एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन एमसीसीमाथि संसदीय अनुगमन समिति बनोस् । जसले व्याख्यात्मक टिप्पणी अनुसार लागु भइराखेको छ कि छैन ? त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन । एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ’, भुसालले भने, ‘त्यस कारण ओली र देउवाजी तपाईँहरू सत्तामा हुनुहुन्छ । साँच्चिकै जनताका छटपटी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्वप्रति इमानदार हुनुहुन्छ भने पुरा गर्न माग गर्दछु ।’

    जब अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी(आईपीएस)को अङ्ग हो भनेपछि तब यो विवादमा परेको उनले दाबी गरे । आईपीएस अमेरिकीको चीन विरोधी घोषित मोर्चाबन्दी भएकाले स्वभावले नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न भएको उनको बुझाइ छ ।

    ‘दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउँछ । एउटै भाषा सिकाउँछ । एउटै कुरा सोच्न लगाउँछ । तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ । कुनै पनि ठुला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुन्छ । त्यसले सबै कब्जा गरिन्छ । हामी कहाँ त्यस्तै भएको छ । तर त्यसले मात्र जित्न सकेको छैन ।

    एमसीसी सामरिक रणनीति होइन, यसले हाम्रो संविधानभित्र रहेर काम गर्छ र १२ बुँदे अनुसार नै हुन्छ भनेर दलहरूले जनतालाई आश्वस्त गराउनुपर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्