News Portal

  • गोल्डेन स्टार युवा क्लबले १६ औं शिवगढी कप असोज १४ देखि शुरु गर्ने

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    १६२ पटक

    कपिलवस्तु । कपिलवस्तुको शिवगढीमा १६औ शिवगढी कप हुने भएको छ । सोमबार गोल्डेन स्टार युवा क्लबको भवनमा पत्रकार भेटघाट गरी १६ औं शिवगढी कप आगामी असोज १४ गते देखि शुरु हुने आयोजक टिमले पत्रकारलाई जानकारी गराएको छ ।

    सामाजिक कार्यमा सक्रिय रहदै आएको गोल्डेन स्टार युवा क्लबले बिगत १५ बर्ष अघि देखि यस क्षेत्रको प्राचीन ग्राम,ऐतिहासिक किल्ला ,धार्मिक मन्दिर शिवगढी,कृष्ण मन्दिरको प्रचारप्रसार साथै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

    पुर्वपश्चिम राजमार्ग भन्दा अनुमानित ४ किलोमीटर पश्चिममा रहेको बानियाभार चोक देखि  उत्तर तर्फ रहेको गोल्डेन स्टारको खेल मैदानमा लामो समय देखि क्लवले यस आयोजनालाई निरन्तरता दिदै आएको छ ।

    यस बर्ष पनि क्लबले आयोजनालाई निरन्तरता दिने उद्देश्यले असोज १४ देखि २४ गते सम्म १६ औं संस्करण पूरा गर्ने तयारी गरेको छ ।असोज १ गते देखि दर्ता खुला गरेको क्लबले दर्ताको समय असोज १० गते सम्म राखेको छ । १२ गते खेल तालिका सार्वजनिक गरिने तयारी गरेको छ। क्लबले १४ गते औपचारिक रुपमा उद्घाटन गर्ने आयोजक टिमले जानकारी दिएको छ ।
    प्रतियोगितामा आयोजकले विभिन्न राशिको पुरस्कारको व्यबस्था समेत गरेको छ ।

    पुरुष तर्फको बिजेताले : – नगद ५५ हजार ५
    उपबिजेताले : – २७ हजार ५
    सेमिफाइनल पुग्ने दुबै टिमलाई ६ हजार ५ सय रहेको छ।

    महिला तर्फको बिजेताले :- नगद २५ हजार ५
    उपबिजेताले नगद :- १० हजार ५ रहेको छ।

    अन्डर फोर्टिनका बिजेताले :- ५ हजार ५ सय ५
    उपबिजेताले नगद :- २५ सय पाउने छन ।

    इन्ट्रि पुरुष तर्फको :- ४ हजार ५ सय
    महिला तर्फ :- १ हजार ५ सय
    अन्डर फोट्टिन फ्रि रहेको छ।

     

    प्रतिकृया दिनुहोस्